चुनाव बहिष्कारवादी दर्जन बढी पक्राउ,सात जनालाई दरबारमार्ग पुर्याइयो

चुनाव बहिष्कारवादी दर्जन बढी पक्राउ,सात जनालाई दरबारमार्ग पुर्याइयो

निर्वाचन बहिष्कारको माग गर्दै आएका विभिन्न वामपन्थी दलका नेता तथा कार्यकर्ता पक्राउको क्रम जारी छ । आज नेकपा बहुमत निकट विद्यार्थी संगठनका सात जनालाई प्रहरीले समातेको छ ।
अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव नवराज भट्टलगायतलाई प्रहरीले माइतीघरबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा केन्द्रीय सदस्यहरु सपना मगर,वीरेन्द्र नेपाली,स्मृति कार्की,गणेश थापा, कृष्ण खड्का र वचन साह छन् । उनीहरुलाई प्रहरी बृत्त दरवारमार्गमा राखिएको छ ।

उता कञ्चनपुरको मतदान केन्द्र, महेन्द्रनगरबाट अखिल क्रान्तिकारीका जिल्ला इञ्चार्जसहित सात जना समातिएका छन् । इञ्चार्ज हरिश दयाल,उपाध्यक्ष वीरेन्द्र साह,दीपेन्द्र ऐरी,सुरेन्द्र धानुक,वीरेन्द्र नाथ,सुरज नाथ र सुरज मल्ललाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ । उनीहरुले कथित निर्वाचन अवज्ञा गरौं भन्दै नारा लगाएका थिए ।

 

टिप्पणीहरू