चुनावकै बेला कर्णेलको दुखद निधन

चुनावकै बेला कर्णेलको दुखद निधन

नेपाली सेनाका प्राविधिक महासेनानी सुरेश गुरुङ्गको निधन भएको छ ।  क्यान्सरका कारण मेकानिकल इन्जिनियर  (इएमआइ) का कर्णेल गुरुङ्गको हिजो बेलुका छाउनीस्थित सैनिक अस्पतालमा प्राणान्त भएको हो । 

ओखलढुंगाको रुम्जाटार घर भएका गुरुङ्ग सेनाको गाडी मर्मत सम्भार गर्ने कारखानामा हाकिम थिए ।  गत कात्तिक १५ गतेदेखि अस्पताल भर्ना भएका उनको हिजो उपचारको क्रममा मृत्यु भएको नेपाली सेनाले जनाएको छ । 

केही समयदेखि उनी भारतको नयाँ दिल्लीमा बसेर उपचार गर्दै आइरहेका थिए । यसक्रममा ५० लाखभन्दा बढी खर्च लागेको बताइन्छ । उनका बुबा पूर्व लेफ्टिनेन्ट कर्णेल ध्रुव  गुरुङ्गको पनि तीन वर्षअघि यसरी नै असामयिक निधन भएको थियो । 

अवकाशपछि अमेरिका पुगेका उनका बुवा बिरामी भएर थलिएपछि नेपाल फर्किएका थिए ।

टिप्पणीहरू