जग्गा कित्ताकाट गर्नुअघि स्वीकृति अनिवार्य

जग्गा कित्ताकाट गर्नुअघि स्वीकृति अनिवार्य

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले बिनाअनुमति जग्गाको कित्ताकाट नगर्न सचेत गराएको छ । 

नगर क्षेत्रभित्र विभिन्न व्यक्ति वा संघसंस्थाले बिना स्वीकृति अवैध रुपमा जग्गा खण्डीकरण, कित्ताकाट गरिरहेको पाइएको भन्दै नगरपालिकाले त्यसो नगर्न भनेको हो । यस्ता कार्यले सर्वसाधारणको व्यवस्थित आवासको हक हनन् हुनुका साथै अव्यवस्थित बसोबास र असुरक्षा बढेको नगरपालिकाले जनाएको छ ।  

जग्गा किन्नेलाई पनि मापदण्डअनुसार स्वीकृत भए-नभएको यकिन गरेर मात्र खरिद गर्न नगरपालिकाले सुझाएको छ । अन्यथा प्रचलित कानुनबमोजिम कारवाही हुने चेतावनी दिइएको छ ।

टिप्पणीहरू