प्रहरी हटाएपछि भैरहवाको झडप शान्त

प्रहरी हटाएपछि भैरहवाको झडप शान्त

रुपन्देहीको सिद्धार्थनगर–११ स्थित मतदानस्थलअगाडि विवाद हुँदा एक जना घाइते भएका छन् । भुजौली प्राविमा रहेको मतदान केन्द्रमा स्थानीयबीचको विवाद झडपमा परिणत भएको थियो ।

सत्ता गठबन्धन पक्षधरले ३९ वर्षीय तबरेज आलममाथि आक्रमण गरेको स्थानीय सरबर आलमले बताए । उनका अनुसार मुकेश आलम, असाहब आलम र सुभान आलमले तबरेज आलमलाई कुटपिट गरेका हुन् ।

कुटपिटबाट टाउकोमा चोट लागेपछि तबरेजको भैरहवास्थित मेडिकल कलेजमा उपचार भैरहेको छ । विवादको मुख्य कारण मतदान केन्द्रमा खटिएका एक जना स्थानीय प्रहरीलाई बनाइएको थियो । उनलाई हटाएपछि अवस्था सामान्य भएको छ ।

टिप्पणीहरू