बाजुरामा गोली चल्यो : एक जनाको मृत्यु,दर्जनौँ घाइते

बाजुरामा गोली चल्यो : एक जनाको मृत्यु,दर्जनौँ घाइते

बाजुराको त्रिवेणी नगरपालिका-७ मा सुरक्षाकर्मीले हानेको गोलीबाट एक जनाको मृत्यु भएको छ ।

मर्ने सोही नगरपालिका-७ का अन्दाजी २८ वर्षीय सजीव अयडी हुन् । घटनामा दर्जनौँ घाइते भएका छन् । घाइतेको उध्दारका लागि नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ गएको छ । 

नेपाली काँग्रेस र एमाले कार्यकर्तावीच लगातार झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका नायव उपरीक्षक सूर्य थापाले बताए ।

टिप्पणीहरू