मतदानलगत्तै रौतहटमा जीतहारको जोडघटाउ शुरु
हिजो अपरान्ह ५ बजे मतदान सकिएसँगै जीत हारको हिसाब निकाल्न थालिएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उम्मेदवार रहेको निर्वाचन क्षेत्र नम्बर १ मा अध्यक्ष उहाँका निकटतम प्रतिस्पर्धी गौरका निवर्तमान मेयर अजय गुप्ता हुन् ।
उता दर्जनौं ज्युँदै मानिस जलाएको अभियोगमा जेल जीवन बिताइरहेका काँग्रेस नेता मोहम्मद आफ्ताब आलमका छोरा फिर्दोस आलम वा एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनेका किरण साहबीच निर्वाचन क्षेत्र नम्बर २ मा चर्को प्रतिस्पर्धा छ ।
निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेका बागी पूर्व माओवादी प्रभु साह वा सत्ता र विपक्षी महागठबन्धनका उम्मेदवार ओमप्रकाश जैसवाल "दारुवाला"मध्ये एक जनालाई सम्भावित विजयीको रुपमा लिइएको छ ।
पूर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका देवप्रसाद तिमिल्सिना वा एमालेका उध्दवप्रसाद रेग्मीवीच कडा टक्कर देखिन्छ।
टिप्पणीहरू