ललितपुरको जावलाखेल मतदान केन्द्रमा पम्फाभन्दा तोसिमालाई धेरै मत
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भएको छ । आजको निर्वाचनमा मतदाताहरुको त्यति उत्सुकता नदेखिएको निर्वाचन पर्यवेक्षकहरुले बताएका छन् । मत पनि सोचेकोभन्दा कम मात्र खसेको निर्वाचनमा खटिएका प्रतिनिधिहरुले जानकारी दिए ।
मतदाताको कूल संख्या चार हजार ७४४ भए पनि दुई हजार ८८९ ले मात्र मतदान गरेका छन् । मतदान केन्द्र (क) मा ९२४ जना मतदाता रहेकोमा पुरुषतर्फ २५२ र महिलातर्फ २९६ जनाले भोट हालेको पाइयो ।
त्यस्तै, (ख) मा जम्मा ९५२ जना मतदाता रहेमध्ये मत खसाल्नेमा ३०३ पुरुष र २६७ जना महिला देखिए । मतदान केन्द्र (ग) मा कूल ५८२ मत खसेको छ । कूल मतदाता संख्या ९५१ रहेको उक्त मतदान केन्द्रमा २९५ पुरुष र २८७ महिलाले भोट हालेका थिए । (घ) मा मतदाता संख्या ९५२ रहेको छ । तीमध्ये ३१७ पुरुष र ३०३ महिलाले मतदान गरेका छन् ।
(ङ) मा ९६५ जना मतदाता रहेकोमा जम्मा ५६५ जनाले मत खसालेका छन् । जसमध्ये पुरुष २४९ र महिला ३१६ रहेको बताइएको छ । यसरी यहाँ ६१% मत खसेको छ । गृहिणीको संख्या उल्लेख्य छ । एकान्तकुना र जावलाखेल,नख्खू,बागडोलसम्मका मतदाता रहेमध्ये यहाँ धेरै गृहिणीले सत्ता गठबन्धनकी पम्फा भुसाल र एमालेका अमृत खड्काभन्दा स्वतन्त्र उम्मेदवार डा.तोसिमा कार्कीसङ्गै राप्रपाबाट उठेकालाई धेरै मत हालेको पाइएको छ ।
टिप्पणीहरू