काठमाडौंमा ६४ प्रतिशत मत खस्यो
आज सम्पन्न निर्वाचनमा मुलुकको राजधानी काठमाण्डौमा ६३ दशमलव ९८ प्रतिशत मत खसेको छ ।
बिहान ७ बजेदेखि शुरु भएको मतदानमा साँझ ५ बजेसम्म ४ लाख १७ हजार २३९ मत खसेको छ ।
काठमाडौंको कूल मतदाता संख्या ६ लाख ५२ हजार १२६ थियो ।
उता दुर्गम जाजरकोटमा ६३ प्रतिशत मतदान भएको जानकारी प्राप्त भएको छ ।
टिप्पणीहरू