मतगणनास्थल बाहिर मन्त्रीका पिए कुटिए

मतगणनास्थल बाहिर मन्त्रीका पिए कुटिए

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनास्थल बाहिर झडप भएको छ । स्थानीय भैरहवा नमूना मावि बाहिर प्रहरीले एक जना युवालाई कुटपिट गरेको आरोप लागेको छ । 

प्रहरीको प्रहारबाट लुम्बिनी प्रदेशकी पूर्वमन्त्री कल्पना पाण्डेका स्वकीय सचिव सुनिल पाण्डे घाइते भएका छन् । घाइते पाण्डेलाई उपचारको निम्ति भैरहवास्थित भीम अस्पताल लगिएको छ । 

पूर्वमन्त्री पाण्डेले प्रहरी निरीक्षक वेद पौडेलले कुटपिट गरेको आरोप लगाउँदै दोषीमाथि कारबाहीको माग गरेकी छन् । गृहमन्त्री बालकृष्ण खाँणको निर्वाचन क्षेत्र रुपन्देही–३ को मतगणनास्थल रहेको उक्त मावि वरपर ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । 

प्रहरीले कुटपिट गरेपछि आक्रोशित युवाहरुले नाराबाजी गरेका छन् ।

टिप्पणीहरू