एमाले नेता भिडेको ठाउँमा अखिल नेताको हत्या !

एमाले नेता भिडेको ठाउँमा अखिल नेताको हत्या !

बाजुरामा एक विद्यार्थी नेताको ज्यान गएको छ । हत्या आशंका गरिएकामा त्रिवेणी नगरपालिका–७ का अनेरास्ववियु नेता चेतन ऐडी हुन् ।

हिजो मतदानका क्रममा विवादमा मुछिएका उनलाई राति घरमा सुतिरहेकै बेला मरणासन्न हुनेगरी कुटिएको थियो । निर्वाचनसम्बन्धी विवादको निहुँमा घरमै आएर कुटपिट भएको बताइन्छ । 

प्रहरीका अनुसार कुटपिटबाट गम्भीर घाइते भएका ऐडीको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको हो । 

हिजो सोही ठाउँको मतदान स्थलमा एमाले र काँग्रेसका कार्यकर्ताबीच विवाद भएपछि प्रहरीले चलाएको गोली लागेर २५ वर्षीय काँग्रेस कार्यकर्ता सुरेन्द्र ऐडीको मृत्यु भएको थियो । यहाँ एमालेका सदाबहार जोशिला युवा पोलिटब्यूरो सदस्य कर्ण थापाको निम्ति चुनाव जीवन मरणको बिषय बन्ने गरेको छ,चाहे त्यो पार्टीको आन्तरिक होस् या प्रदेश र सँघीय सँसदको ।

टिप्पणीहरू