मतदान गरिवरी राष्ट्रिय सभा अध्यक्ष विदेश प्रस्थान

मतदान गरिवरी राष्ट्रिय सभा अध्यक्ष विदेश प्रस्थान

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना हिजो राति विदेशतिर लाग्नुभएको छ । उहाँ कम्बोडियामा हुन लागेको ४३ औं एसियाली अन्तरसंसदीय सम्मेलनमा भाग लिन जानुभएको हो । 

राष्ट्रिय सभाका सदस्यहरु खिमलाल देवकोटा,भर्खर इजिप्टबाट फर्केकी विमला पौड्याल राईसहित सात जनाको टोलीको नेतृत्व गर्दै अध्यक्ष तिमिल्सिना हिजो राति मलेसियाको राजधानी क्वालालम्पुर हुँदै कम्बोडिया जानुभएको हो । 

टोली नेपाल वायुसेवा निगमको उडान नम्बर आर ए ४१५ बाट राति १० बजे टोली त्यसतर्फ गएको हो ।

टिप्पणीहरू