ललितपुरको भित्री भागबाट एमाले जित्ने सम्भावना बढ्यो

ललितपुरको भित्री भागबाट एमाले जित्ने सम्भावना बढ्यो

ललितपुरमा भित्री क्षेत्रको मतगणना भइरहेको छ । अहिले महानगरपालिकाका २१ र २२ नम्बर वडाको मतगणना जारी छ । सो क्षेत्र निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्छ । 

बिहान साढे ८ बजेसम्मको मतगणनामा सूर्य अगाडि,घण्टी दोस्रो र कलम तेस्रो स्थानमा देखिएका छन् । जसअनुसार सूर्य चिन्हमा ४९७ मत परेको छ ।

घण्टी चिन्हमा २८६, कलम चिन्हमा १०९ र हलोमा ४५ मत परेको जानकारी दिइएको छ । त्यसैगरी मादलको २२ र लौरोको १७ मत रहेको छ । 

सो क्षेत्रमा अधिकांश महर्जन, व्यञ्जनकार र शाक्य,बज्राचार्य  थरका नेवार मतदाता छन् । एमालेबाट प्रेमलाल महर्जन र एकीकृत समाजवादीका तर्फबाट कृष्णलाल महर्जन सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार छन् ।

टिप्पणीहरू