ललितपुर १ मा सूर्य अगाडि, रुख पछाडि

ललितपुर १ मा सूर्य अगाडि, रुख पछाडि

ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मत गणनामा सूर्य चिन्ह अगाडि देखिएको छ । रुख चिन्ह दोस्रो नम्बरमा र घण्टी तेस्रोमा रहेको छ ।

सो क्षेत्रबाट एमालेका नवराज सिलवालले हालसम्म ६८० मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली काँग्रेसका उदयसमशेर राणाले ४०९ र घण्टी चिन्ह लिएका उम्मेदवारले ९५ मत पाएका छन् । 

सोही क्षेत्रमा हलोले ५१, छाताले ५ र अन्यले ५ मत पाएका छन् । हालसम्म ६५ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

टिप्पणीहरू