सशस्त्र प्रहरीका ३५ हजार समानुपातिक मत ‘भुस’
निर्वाचन आयोगले सुरक्षा निकायमा कार्यरत जनशक्तिले समानुपातिक मतदान गर्न पाउने बताए पनि चुनावमा खटिएका अधिकांशले मतदान गर्न पाएनन् । जसमध्ये सशस्त्र प्रहरी बलका ३५ हजार जनशक्ति हिजो मतदानबाट बन्चित भएको बताइन्छ ।
समानुपातिकतर्फ मतदान गर्न पनि यसअघि मतदान गरेको कार्ड देखाउनुपर्ने व्यवस्थाका कारण उनीहरु अवसरबाट बन्चित भएका हुन् ।
सरकार र राजनीतिक दलहरुप्रति असन्तुष्ट भएका कारण पनि जवानहरुले पुरानो कार्ड खोजेर भोट हाल्नतिर चासो नदिएको बताइन्छ । जबकि निर्वाचन सुरक्षा भन्दै अमेरिकी राजदूतको निवास, कमलादीबाट समेत सशस्त्र जनशक्ति झिकिएको थियो ।
टिप्पणीहरू