सिन्धुपाल्चोकमा मतगणना १ बजेपछि

सिन्धुपाल्चोकमा मतगणना १ बजेपछि

अन्य जिल्लामा मतगणना थालिए पनि सिन्धुपाल्चोकमा मतपेटिका नै संकलन भइसकेको छैन । 

तेम्बाथान मतदान केन्द्रको मतपेटिका नआइपुगेकाले मतगणनामा ढिलासुस्ती भएको बताइएको छ । 

निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले अपरान्ह १ बजेबाट मात्र मतगणना शुरु हुने जानकारी दिएका छन् ।

‘तेम्बाथान मतदान केन्द्रको मतपेटिका आउनेबित्तिकै अपरान्ह १ बजेबाट मतगणना शुरु हुनेछ’, उनले भने ।

टिप्पणीहरू