काठमाडौं ७ मा घण्टीलाई पछ्याए एमाले र माओवादीले

काठमाडौं ७  मा घण्टीलाई पछ्याए एमाले र माओवादीले

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ को प्रारम्भिक मत परिमाणमा घण्टी चिन्ह लिएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अगाडि देखिएका छन् । हालसम्म गणना भएको १५४३ मतमा घण्टी चिन्हका उम्मेदवार गणेश पराजुलीले ३७५ मत ल्याएका छन् । 

एमालेका श्याम घिमिरेले ३०६ र माओवादी उम्मेदवार मानुषी भट्टराईले २९३ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी राप्रपाका ध्रुवविक्रम मल्लले ८४, लौरो चिन्ह लिएका हाम्रो नेपाली पार्टीका प्रवेन्द्र पोखरेलले १०१ मत पाएको जानकारी दिइएको छ ।

जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठको चुनाव चिन्ह छातामा ६२ मत परेको छ । कुनै बेला एमाले उम्मेदवार रहेका श्रेष्ठ उक्त क्षेत्रबाट अत्यधिक बहुमतले विजयी भएका थिए ।

टिप्पणीहरू