ललितपुर-१ मा निरन्तर एमाले अगाडि,कांग्रेस दोश्रो
पूर्व डिआइजी नवराज सिल्वाल दोहोरिएर उठेको ललितपुर क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यतर्फको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । दुई हजार ३८४ मत गन्दा नेकपा एमाले निकै अगाडि रहेको छ । एमालेले एक हजार २९५ मत प्राप्त गरेको छ ।
त्यस्तै,नेपाली कांग्रेसले ७०५, राष्ट्रिय स्वतन्त्र पार्टीले १७५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ९५ मत पाएको छ । जनता समाजवादी पार्टीले ६ र अन्यले १० मत प्राप्त गरेका छन् । गनिएकामध्ये ९४ मत बदर भएको छ ।
त्यस्तै, ललितपुर क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा हालसम्म दुई हजार ६५२ मतगणना भइसकेको छ । थोरै मतान्तरले नेकपा माओवादी केन्द्र एमालेभन्दा पछाडि छ । एमालेले एक हजार २८२ मत प्राप्त गरेको छ भने माओवादीले ८६३ मत पाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०५, नेपाल मजदुर किसान पार्टीले १८, गुलेलीले १८, कुखुराको भाले चुनाव चिन्ह भएकाले तीन र लौरोले एक मत प्राप्त गरेको छ । अन्यले २४ मत प्राप्त गरेको शुरुवाती नतिजामा देखिएको छ । गनिएकामध्ये ११५ मत बदर भएको छ ।
प्रदेश सभा (ख) मा भने नेपाली कांग्रेसको अग्रसरता देखिएको छ । कांग्रेस ७११ मतसहित अग्रस्थानमा छ । त्यस्तै, लौरो र कुखुराको भालेले हालसम्म एक–एक मत मात्र प्राप्त गरेका छन् । यहाँ २४ मत खेर गएको बताइएको छ ।
टिप्पणीहरू