मतपेटिकाभित्र भ्रष्ट नेता लेखिएको पत्र प्राप्त

मतपेटिकाभित्र भ्रष्ट नेता लेखिएको पत्र प्राप्त

महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ मा मतगणनाको क्रममा मतदाताको पत्र फेला परेको छ । पत्रमा त्यस क्षेत्रमा उम्मेदवारी दिएका सबै नेताहरू भ्रष्ट भएकाले आफूले मत नदिएको उल्लेख छ ।

सानो चिर्कटोमा लेखिएको पत्रमा जनता मत खसाल्न बाध्य भएकाले मात्र मत हालेको भनेर लेखिएको छ । सोही कागजमा मतदाताले उम्मेदवार र नेतालाई शैक्षिक योग्यता र उमेर हद लागू गर्नुपर्ने माग गरेको बताइएको छ । निर्वाचन अधिकृतको कार्यालयले उक्त चिर्कटोलाई खामबन्दी गरेर राखेको छ ।

पत्रमा लेखिएको छ :

यस क्षेत्रमा उम्मेदवारी दिएका सबै नेताहरू चोर छन् । जनता मत खसाल्न बाध्य छन् ।  त्यसैले अर्को चुनावदेखि निर्वाचनमा शैक्षिक योग्यता र उमेरको हद पनि लागू हुनुपर्यो भनेर म यसै पत्रद्वारा निर्वाचन आयोगलाई विनम्र अनुरोध गर्दछु ।

टिप्पणीहरू