उम्मेदवारी दिँदा प्रचण्डसङ्गै गएका बाबुराम प्रमाणपत्र बुझ्दा देखिएनन्

उम्मेदवारी दिँदा प्रचण्डसङ्गै गएका बाबुराम प्रमाणपत्र बुझ्दा देखिएनन्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसदमा निर्वाचित भएको प्रमाणपत्र बुझ्नुभएको छ । उहाँले आज गोरखा पुगेर उक्त प्रमाणपत्र लिनुभएको हो ।

प्रचण्ड फराकिलो मतान्तरले गोरखा २ बाट विजयी भएको औपचारिक घोषणा हिजो गरिएको थियो । उहाँको क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निकटतम र एमालेका अब्दुस मिया तेस्रो प्रतिस्पर्धी भएका छन्  ।

प्रचण्डले प्रमाणपत्र बुझ्दै गर्दा कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी उपस्थित भए पनि नेकपा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईको उपस्थिति नदेखिएको बताइएको छ । 

यसअघि गोरखा २ बाट प्रचण्डले उम्मेदवारी मनोनयन दर्ता गर्ने बेलामा उहाँ सँगै जानुभएको थियो ।  यता काठमाडौंबाट आफ्नी छोरी मानुषी प्रतिनिधि सभा सदस्यमा पराजित भइसकेकी छन् । मानुषी माओवादी केन्द्रको चुनाव चिन्हमा उम्मेदवार बनेकी थिइन् ।

टिप्पणीहरू