उम्मेदवार पराजित भएपछि काभ्रे काँग्रेसमा विद्रोह

उम्मेदवार पराजित भएपछि काभ्रे काँग्रेसमा विद्रोह

काभ्रेपलाञ्चोक २ मा शिवप्रसाद हुमागाईंको पराजय भएपछि आफ्नै पार्टीभित्रकाले अन्तरघात गरेको भन्दै विद्रोह भएको छ । क्षेत्र नम्बर २ मा अनपेक्षित मत परिणाम आएपछि नेपाली काँग्रेसभित्र विद्रोह भएको नेपाली काँग्रेस काभ्रेका एक जना पदाधिकारीले बताए ।

आफ्नो उम्मेदवार हराउन पार्टीभित्रकै कार्यकर्ताहरुको हात रहेको जनाउँदै मण्डनदेउपुर वडा नम्बर १ को कार्यसमितिले कारवाहीको माग गरेको छ । अन्तरघातको छानबिन गरेर कार्वाही नगरेसम्म सिङ्गो कार्यसमिति निष्क्रिय रहने उनीहरुले बताएका छन् ।

टिप्पणीहरू