मुचुल्काभन्दा मतपेटिकामा बढी मत भेटिएपछि बबाल

मुचुल्काभन्दा मतपेटिकामा बढी मत भेटिएपछि बबाल

-ऋषि भट्टराई

रुपन्देहीमा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना स्थगित भएको छ । बुटवल उपमहानगरपालिकाको वडा नम्बर ११ र १३ को मतगणना भइरहेको स्थानमा मुचुल्कामाभन्दा मतगणनामा ३४ मतपत्र बढी भेटिएको पाइएको छ ।

एमालेबाहेकका सत्ता गठबन्धनमा रहेका दल र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले विरोध गरेपछि मतगणना रोकिएको छ । उनीहरुले पुनः मतदानको माग राख्दै नाराबाजीसहित धर्ना दिएका छन् । बिहान साढे ५ बजेदेखि रोकिएको मतगणना कार्य सुचारु गराउने प्रयास भइरहेको निर्वाचन अधिकृत उदयवीर नेपालीले बताएका छन् । 

मुचुल्कामा लेखिएको मतपत्रको संख्याभन्दा केही फरक परे पनि महिला र पुरुषको मतपत्र भिडाउँदा संख्या मिल्न गएको निर्वाचन अधिकृत नेपालीको दाबी छ । उनले सर्वदली बैठक बोलाएका छन् । 

उनका अनुसार बैठकपछि मतगणना सुचारु हुने बताए । सो क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता लिएका छन् । अब झण्डै १० हजार मत गन्न बाँकी रहेको बताइन्छ । उता रुपन्देही ३ मा गृहमन्त्री खाँणलाई पछि पार्दै राप्रपाका दिपक बोहोराले अग्रता लिएका छन् ।

टिप्पणीहरू