भैंसी तस्करीमा सक्रिय अभिषेकको आधिपत्य अन्त्य

भैंसी तस्करीमा सक्रिय अभिषेकको आधिपत्य अन्त्य

यस पटकको निर्वाचनबाट नयाँ अनुहार संसदमा भित्रिएका छन् । केही पुराना र विवादास्पद अनुहार किनारा लागेका छन् । सोही क्रममा कपिलवस्तुका एक जना नामुद डन पनि पर्ने निश्चित छ ।

कपिलवस्तुको कृष्णनगर र वरपरको नाका भएर भारतबाट भैंसी र गोरु तस्करी गर्दै आएका अभिषेकप्रताप शाह झण्डै तीन हजार मतले पछाडि परेपछि उक्त आकलन गरिएको हो । एमालेका मंगलप्रसाद गुप्ताभन्दा उनी निकै पछाडि परेका छन् ।

उनी कपिलवस्तु र वरपरका जिल्लामा राजनीतिज्ञभन्दा पनि चर्चित डनको रुपमा प्रख्यात छन् । पहिले एक पटक समानुपातिक सांसद भएका उनले कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर ५ बाट पटक पटक पार्टी फेर्दै चुनाव जितेका थिए । 

पहिले राप्रपमा आवध्द उनी मधेशी जनअधिकार फोरममा लागे । त्यसपछि संघीय समाजवादी फोरममा छिरेर नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । काँग्रेस भएर गत स्थानीय तह निर्वाचनमा काकालाई मेयर जिताउन सहयोग गरेपछि उनी विवादमा तानिएका थिए । 

चन्द्रौटाको मेयरमा उठेका राप्रपाका उम्मेदवारलाई सहयोग गरेको भन्दै काँग्रेसीहरुले चर्को विरोध गरेका थिए । काँग्रेसले गत जेठमा कारवाही गर्ने भनिए पनि उनीमाथि कुनै कारवाही नभएपछि अहिले चन्द्रौटाका काँग्रेसीले नै भोट दिएनन् । उनलाई सांसद हुनबाट रोकेपछि सबैभन्दा ठूलो कारवाही भएको स्थानीय बताउँछन् ।

टिप्पणीहरू