भारतीय राजदूतसँगको भेटलगत्तै प्रधानमन्त्री रास्ट्रपतिकोमा

भारतीय राजदूतसँगको भेटलगत्तै प्रधानमन्त्री रास्ट्रपतिकोमा

आज दिउँसो भारतीय राजदूत नवीन श्रीवास्तव बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताको निम्ति उहाँ बालुवाटार जानुभएको हो ।

उहाँले प्रधानमन्त्रीसँग दिउँसो पौने ४ बजेदेखि साढे ४ बजेसम्म पौने घण्टा कुराकानी गर्नुभएको प्रमका स्वकीय सचिव भानु देउवाले बताए ।चुनावी परिणामको एउटा परिदृश्य आइसकेको सन्दर्भमा भएको भारतीय राजदूतसङ्गको भेटलाई पनि अर्थपूर्ण मानिएको छ ।

राजदूतसँगको भेटपछि प्रधानमन्त्री साँझ ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शीतल निवास पुग्नुभएको छ ।

टिप्पणीहरू