प्रचण्डका ज्वाईं र गगन थापाका ससुराको जीत

प्रचण्डका ज्वाईं र गगन थापाका ससुराको जीत

प्रतिनिधिसभा सदस्यमा नुवाकोट-२ बाट नेपाली काँग्रेसका अर्जुननरसिंह केसी विजयी भएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार रहेका केसीले एमालेकै तर घण्टी चिन्ह लिएर उठेका राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन विक्रम पाण्डेलाई २८ हजार १ सय ७ मत ल्याएर पराजित गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी पाण्डेले १६ हजार ४ सय ७७ मत पाएका छन् ।  

नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार पाँच सय ६१ मत ल्याएका छन् । खतिवडा यसअघि सोही क्षेत्रबाट सांसद थिए । २०७४ मा खतिवडाले नै केसीलाई ठूलो मतान्तरले पराजित गरेका थिए ।

केसी नेपाली काँग्रेसका महामन्त्री तथा काठमाडौं ४ बाट निर्वाचित सांसद गगनकुमार थापाका ससुरा हुन् । उता मोरङको निर्वाचन क्षेत्र नम्बर ६ (१) बाट जीवन आचार्य प्रदेश सभामा विजयी भएका छन् । उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्वाईं हुन् ।

टिप्पणीहरू