गृहमन्त्रीभन्दा बोहरा अगाडि,साढे ९ हजार भोट गन्न बाँकी छँदा १८ सयको अग्रता

गृहमन्त्रीभन्दा बोहरा अगाडि,साढे ९ हजार भोट गन्न बाँकी छँदा १८ सयको अग्रता

रुपन्देही-३ मा गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण राप्रपाका नेता दीपक बोहराभन्दा पछाडि पर्नुभएको छ ।  हालसम्म ८४ हजार ७४ मतगणना हुँदा १८ सय ४२ मतले बोहरा अगाडि देखिएको बताइन्छ । 

खाँणले ३१ हजार ६ मत प्राप्त गर्दा बोहरालाई ३२ हजार ८ सय ४८ मत प्राप्त भएको छ । ३६ वटा वडा रहेको निर्वाचन क्षेत्र नम्बर ३ मा ३३ वडाको मतगणना सकिएको छ । अहिले सियारीको २, ३ र ६ नम्बर वडाको ९ हजार ४ सय ९३ मत गणना भइरहेको छ ।

 

टिप्पणीहरू