राजधानीमा राप्रपाको विजयोत्सव जारी

राजधानीमा राप्रपाको विजयोत्सव  जारी

आफ्नो उम्मेदवार प्रदेश सांसदमा विजयी भएपछि काठमाडौंमा राप्रपाले विजयोत्सव मनाएको छ । नागार्जुन नगरपालिका ५ बाट उसले जुलुस निकालेको छ । नवनिर्वाचित प्रदेश सांसद उध्दव थापाको नेतृत्वमा आधा दर्जन जीप, ६ दर्जन मोटरसाइकलमा बसेर कार्यकर्ताले नारा लगाएका छन् ।

र्यालीमा बा.४च ८११७, बा.१६ च ५६८१, बा.४ च ८११५, बा.१९ च ४३६०, बा.३–०१ ०२४ च ४३५० जीप र झण्डै ७० वटा मोटरसाइकल प्रयोग गरिएको छ । उक्त जुलुस नागार्जुन ५ स्थित थापाचोक,हरिसिद्वि,आदेश्वर, सीतापाइला चोक,रानीपाटी, बुद्वपार्क,किमडोल,छाउनी, सीतापाइला,सोल्टी दोबाटो, शरणपुर हुँदै थापाचोक पुगेर समापन हुने बताइएको छ ।

टिप्पणीहरू