बानेश्वरमा प्रकाशमानको बिजय जुलुस

बानेश्वरमा प्रकाशमानको बिजय जुलुस

नयाँ बानेश्वर क्षेत्रमा नेपाली काँग्रेसका प्रकाशमान सिंहको विजय जुलुस निस्किएको छ । काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी सिंह र उनको टिमले वाम–लोकतान्त्रिक गठबन्धनका नाममा विजय र्याली निकालेको हो ।

थापागाउँबाट निकालिएको विजय जुलुसमा सिंहलगायत प्रदेश सभा १ बाट विजयी दिपेन्द्र श्रेष्ठ र प्रदेश सभा २ बाट विजयी सुरजचन्द्र लामिछानेलगायत काँग्रेस र माओवादीका नेता तथा कार्यकर्ताको सहभागिता छ । नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति,काठमाडौं क्षेत्र नम्बर १ का सभापति प्रकाश राणा र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल शर्माको उपस्थिति रहेको आयोजकले बताए ।

जुलुस थापागाउँबाट ओखरबोट मार्ग,रत्नराज्य स्कूल,पूजा प्रतिष्ठान मार्ग,भेनस हस्पिटल,पिपलबोट, सानोगौचरण,सेतो पुल,मैतीदेवी, घट्टेकुलो,बरको बोट,विजय मेमोरियल स्कूल,पुतलीसडक, पद्मोदय स्कूल,भृकुटीमण्डप, भद्रकाली,सुन्धारा,भोटेबहाल,वंशी घाट,विश्व निकेतन चौर, त्रिपुरेश्वर,थापाथली करिडोर हुँदै जाने बताइएको छ ।

त्यसपछि बुध्दनगर,लक्ष्मी चोक, शंखमूल रोड,बुध्दमार्ग,बागमती करिडोर मार्ग,गणेश मार्ग,श्रीनगर मार्ग,आलोकनगर मार्ग,सन्टोना कलेज,प्रयाग मार्ग गेट,ढलान बाटो,  कारेश्वर, क्षेत्रीय कार्यालय भीमसेन गोला मार्ग, खरिबोट, देउराली क्लब, संगम चोक, मिलनचोक, सूर्यविक्रम ज्ञवाली मार्ग, पुरानो बानेश्वर चोक, अम्बिका मार्गमा पुगेर समापन हुँदैछ ।

टिप्पणीहरू