खुमलटारमा फेरि ओइरिन थाले माओवादी नेताहरु,तीन घण्टामा तीन जना

खुमलटारमा फेरि ओइरिन थाले माओवादी नेताहरु,तीन घण्टामा तीन जना

चुनावी परिणाम अन्तिम चरणमा पुग्दै गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहालको निवास खुमलटारमा भेटवार्ताको लागि नेताहरु पुग्ने क्रम शुरु भएको छ । हिजोसम्म गोरखामा रहनुभएका दाहाल राजधानी फर्केपछि आजबाट राजनीति जोड घटाउको छलफल अघि बढाउनुभएको बताइन्छ ।

दाहाल निवास खुमलटारमा आज बिहान सबैभन्दा पहिले बाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल पुग्नुभयो । उहाँ सवा ७ बजेको समयमा त्यहाँ पुगेर अध्यक्षसँग ४५ मीनेट कुराकानी गरेपछि बाहिरिनुभयो ।

माओवादी स्रोतका अनुसार त्यसपछि दाहाल निवासमा शिक्षामन्त्री देवेन्द्र पौडेल पुग्नुभयो । पौडेल र अध्यक्षबीच सवा ८ बजेदेखि ४५ मीनेट एक्लै कुराकानी भएको बताइन्छ । 
 
दाहालसँग कुराकानी भइरहँदा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भेटवार्ताको लागि खुमलटार पुग्नुभएको छ । त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल उपाध्यक्ष श्रेष्ठबीच सवा ९ बजेपछि छुट्टै भेटवार्ता भएको हो ।

टिप्पणीहरू