गृहमन्त्रीको हार र माओवादी लुम्बिनी प्रदेश अध्यक्ष बरालको राजीनामासँगै

गृहमन्त्रीको हार र माओवादी लुम्बिनी प्रदेश अध्यक्ष बरालको राजीनामासँगै

माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन् । प्रदेश सभा निर्वाचनमा आफूसहित पार्टीका अधिकांश उम्मेदवार पराजित भएपछि नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा दिएका हुन् । बराल माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका दाबेदार समेत थिए ।

बरालले विविध कारणले लुम्बिनी प्रदेशमा पार्टीको विगतको परिणामलाई कायम राख्न समेत नसकेको र आफू स्वयम् उम्मेदवार बनेर पनि परिणाम सफल बनाउन नसकेकाले नैतिक जिम्मेवारी लिँदै अध्यक्ष पदबाट राजीनामा दिएको बताएका छन् ।

आज जारी विज्ञप्तिमा उनले पार्टीले पराजय भोग्नुका पछाडि प्रदेश सभा समानुपातिक तर्फको उम्मेदवार सूची तयार गर्दा स्थानीय पार्टी कमिटीको भावना र मर्मलाई न्याय गर्न नसकेको उल्लेख गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सभा सदस्य प्रत्यक्षतर्फका सीट बाँडफाँड र कतिपय स्थानमा स्थानीय पार्टीको सिफारिसबमोजिम उम्मेदवारलाई टिकट वितरणमा न्याय गर्न नसकेको, उम्मेदवार मनोनयन दर्ता भइसकेपछि विभिन्न जिल्लामा देखा परेका समस्या र अन्तर्विरोधलाई यथासमयमा सम्बोधन गर्न सकेन ।’

२०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा माओवादीले एमालेसँगको तालमेलमा १९ सिट जितेको थियो । यसपटक काँग्रेससहितको सत्ता गठबन्धनमा माओवादी केन्द्रले पाँच सिट मात्र जितेको छ । उनी प्रदेश सरकारमा पहिले सामाजिक विकासमन्त्री थिए । 

बरालको राजीनामासँगै रुपन्देही..मा गृहमन्त्री बालकृष्ण खाँण पराजित हुनुभएको घोषणा गरिएको छ । उहालाई राप्रपाका दीपक बोहोराले २ हजार ६ सय ८१ मतले हराएका हुन् । बोहोराको ३६ हजार ७१७ मत आउँदा खाँणको ३४ हजार ३६ मत प्राप्त भएको छ ।

टिप्पणीहरू