भारतीय राजदूतको दौड बालुवाटार हुँदै खुमलटार

भारतीय राजदूतको दौड  बालुवाटार हुँदै खुमलटार

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव आज खुमलटार पुग्नुभएको छ । उहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न दिउँसो उहाँको निवास ललितपुरको खुमलटार जानुभएको हो । 

राजदूत श्रीवास्तवले अध्यक्ष प्रचण्डलाई निर्वाचनमा विजयी भएकोमा बधाई ज्ञापन गर्नुभएको माओवादी स्रोतको दाबी छ । 

यसअघि उहाँले हिजो अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको थियो । प्रधानमन्त्रीसँग भेट गर्न राजदूत श्रीवास्तव हिजो दिउँसो ४ बजेको समयमा बालुवाटार जानुभएको थियो । लगत्तै प्रधानमन्त्री राष्ट्रपति कार्यालय शीतल निवास जानुभयो ।

टिप्पणीहरू