समानुपातिकमा एमालेको अग्रता कायमै, घण्टीलाई माओवादीले उछिन्यो

समानुपातिकमा एमालेको अग्रता कायमै, घण्टीलाई माओवादीले उछिन्यो

गत आइतबार भएको निर्वाचनको संघीय संसदतर्फको समानुपातिक मतको परिणाम पनि आइरहेको छ । साँझ ६ बजे प्राप्त परिणामअनुसार २० लाख ९४ हजार ७०६ मत ल्याएर एमालेको अग्रता कायम छ । 

दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले २० लाख २० हजार ४०२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । बिहानसम्म तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी साँझमा चौथो स्थानमा पुगेको छ । माओवादी केन्द्रको ८ लाख ९२ हजार ८८५ मत आउँदा घण्टी चिन्ह रहेको स्वतन्त्र पार्टीले ८ लाख ५८ हजार १०१ मत ल्याएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ५८ हजार ८४९, जसपाले २ लाख ४९ हजार ३७ र एकीकृत समाजवादीले १ लाख ९४ हजार ७५९ मत पाएका छन् ।

टिप्पणीहरू