ताप्लेजुङमा एमाले यथावत,माओवादीलाई घाटा

ताप्लेजुङमा एमाले यथावत,माओवादीलाई घाटा

-कमल भट्टराई

ताप्लेजुङमा यस पटकको निर्वाचनबाट समग्रमा नेकपा माओवादी केन्द्रलाई घाटा लागेको छ । तर नेपाली काँग्रेसलाई ऐतिहासिक जीत मिलेको देखिन आएको छ । यसअघिको निर्वाचनमा एमालेका योगेशकुमार भट्टराईले प्रतिनिधि सभा सदस्यमा २९ हजार ४७९ मत ल्याएका थिए । त्यतिबेला १२ हजार ५९१ को मतान्तरले विजयी भएका हुुन् । 

यस पटकको निर्वाचनमा भट्टराईले २१ हजार ९४३ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीले २१ हजार ७३५ मत ल्याउँदा भट्टराई २०८ मतान्तरले मात्रै विजयी भएका हुन् ।  २०७४ मा माओवादी केन्द्रसँगको वाम गठबन्धनका कारण एमालेले २०४८ देखि बर्चश्व राख्दै आएको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र (ख) माओवादी केन्द्रलाई दिएको थियो । त्यतिबेला माओवादीका टंक आङबुहाङले १२ हजार १९८ ल्याउँदा ४ हजार ६११ को फराकिलो मतान्तर कायम राखेका थिए ।

प्रदेश सभा सदस्यमा निर्वाचन क्षेत्र (क) मा एमालेकै बलबहादुर साम्सोहाङले १५ हजार ४१७ ल्याएका थिए । उनी ४ हजार ४४३ को मतान्तरले विजयी भएका हुन् । यस पटक पनि सो क्षेत्रमा एमालेले पहिलेको विरासत जोगाएको छ । 

यस पटक प्रदेश सभा सदस्यमा निर्वाचन क्षेत्र (क) मा एमालेकै तिलकुमार मेन्याङबोले १२ हजार ४५८ मत ल्याएर नेकपा एकीकृत समाजवादीका खेम वनेमलाई परास्त गरेका छन् ।  खेम वनेमले ८ हजार ४३० ल्याउँदा मेन्याङबोले ४ हजार २८ को फराकिलो अन्तर बनाए ।

प्रदेश सभा सदस्यमा निर्वाचन क्षेत्र (ख) मा एमालेको २०४८ सालदेखिको विरासत यस पटक गुमेको छ । एमालेका गोपाल थोप्राले ९ हजार ५६१ ल्याउँदा नेपाली काँग्रेसका खगेनसिँ हाङगामले १० हजार ८०० ल्याएर १ हजार २३९ को मतान्तरमा उनको जीत भएको छ । सोे क्षेत्रलाई एमालेले आफ्नोे किल्ला ठान्दै आएको थियो ।

टिप्पणीहरू