एकीकृत समाजवादीको समानुपातिक मतप्रति एमाले अध्यक्षको आक्रोश

एकीकृत समाजवादीको समानुपातिक मतप्रति एमाले अध्यक्षको आक्रोश

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक मतगणनामा प्रश्न उठाउँदै घुमाउरो शब्दमा एउटा पार्टीले पाएको मत अर्कोलाई गणना गरिएको गम्भीर आरोप लगाउनुभएको छ ।

उहाँले नाम नलिइकन सत्ता गठबन्धनमा रहेका पार्टीहरुमध्ये ‘केही पार्टी’ को मतवृद्धिलाई ‘अस्वाभाविक’ को बिल्ला भिराइदिनुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले समानुपातिक मत परिणामप्रति अचम्मको आरोप लगाउनुभएको हो ।

‘सुरूदेखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ,’ साामाजिक सञ्जालमा लेखिएको छ, ‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुनसक्छ ।’

ओलीले मतगणनास्थलमा रहेका कार्यकर्तालाई चनाखो हुन सुझाव दिनुभएको छ । उहाँले मत परिणामको मुचुल्काको प्रति आफ्नो फेसबुक बक्समा म्यासेज गर्नसमेत अनुरोध गर्नुभएको छ ।

टिप्पणीहरू