अग्रता बढाउँदै एमालेका रघुवीर महासेठ

अग्रता बढाउँदै एमालेका रघुवीर महासेठ

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले झिनो मतले अग्रता बढाएका छन् । उनले नेपाली काँग्रेसका महेन्द्र यादवलाई पछि पारेका छन् । 

मतगणनाको पछिल्लो परिणामअनुसार महासेठले ३४ मतले अग्रता लिएका हुन् । हालसम्म महासेठको २४ हजार ४८२ मत प्राप्त भएको छ । काँग्रेस उम्मेदवार यादवले २४ हजार ४४८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

टिप्पणीहरू