यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

दोलखामा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मंसिर ४ गते रोकिएका मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगका अनुसार आजको बैठकले मंसिर १५ गतेभित्र १० वटा मतदान केन्द्रमा पुनः मतदान गराउने निर्णय गरेको छ । 

आयोगले पुनः मतदानका लागि दोलखाका विभिन्न १० वटा मतदान केन्द्रसमेत सिफारिस गरेको छ । जसमा वैत्यश्वर गाउँपालिकाको वडा नम्बर ६ स्थित वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, बुथ हुन् । 

त्यसैगरी वडा नम्बर २ स्थित जनज्योति माध्यमिक विद्यालय पुतली काठका क र ख, तामाकोसी गाउँपालिका वडा नम्बर ३ स्थित हेल्थ पोष्ट भवन क र ख, वडा नम्बर ३ स्थित कालीढुंगा मावि क, ख, ग बुथमा मतदान हुने आयोगले जनाएको छ ।

टिप्पणीहरू