एकीकृत समाजवादीलाई अब ५० हजार मतको खाँचो

एकीकृत समाजवादीलाई अब ५० हजार मतको खाँचो

संसदमा राष्ट्रिय पार्टीको मान्यता पाउन नेकपा एकीकृत समाजवादीलाई अब ५० हजार मत आवश्यक देखिएको छ । प्रारम्भिक अनुमानअनुसार यस पटक संसदमा प्रत्यक्षतर्फ न्यूनतम एक सीट र समानुपातिकतर्फ २ लाख ९६ हजार मत प्राप्त गर्ने राजनीतिक दलले राष्ट्रिय मान्यता पाउने स्थिति छ । 

आज बिहान ९ बजेसम्ममा उक्त पार्टीले २ लाख ४९ हजार २९२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । हालसम्म ९२ लाख ५७ हजार मतगणना भइसकेको छ । अब करिब १४ लाख मत गन्न बाँकी रहेको जानकारी दिइएको छ । एकीकृत समाजवादीलाई थ्रेस होल्डको ३ प्रतिशत कटाउन अब मोटामोटी ५० हजार मत आवश्यक रहेको देखिन आएको छ ।

आज बिहानसम्म एमाले २५ लाख २५ हजार ९९ मत र नेपाली काँग्रेसले २३ लाख ९२ हजार २४२ मत प्राप्त गरेर पहिलो र दोस्रो स्थानमा देखिएका छन् । हिजोसम्म तेस्रो स्थानमा रहेको माओवादी केन्द्र चौथो स्थानमा पुगेको छ ।

तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६१ हजार ७५८, माओवादीले १० लाख ५६ हजार २७० मत पाएको बताइन्छ । पाँचौ स्थानमा रहेको राप्रपाले ५ लाख ४४ हजार ६३९, जनता समाजवादी पार्टी नेपालले ३ लाख १९ हजार ४६८ मत प्राप्त गरेको छ ।

टिप्पणीहरू