यही नै हो त प्रचण्ड गोरखा जानुको कारण ?

यही नै हो त प्रचण्ड गोरखा जानुको कारण ?

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको निर्वाचन क्षेत्र छाडेर गोरखा २ जानुको कारण खोल्नुभएको छ । उहाँले यसअघि आफूले जितेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ छाडेर रौतहट १ जानुको रहस्य पनि सङ्गसङ्गै खोल्नुभएको छ ।

हिजो मीनभवन, आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बोल्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनुभएको हो । पार्टी कार्यालयमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै आफू रौतहट र प्रचण्ड गोर्खा गएर चुनाव नलडेको भए पराजित गराउने खेल भएको उल्लेख गर्नुभयो ।

‘भित्रभित्रै सबै खेल भइरहेको आशंका थियो, प्रचण्डजी र मलाई जसरी पनि हराउन एकथरी लागेकै थिए । म यहाँबाट र उहाँ चितवनबाट उठेको भए,लडाउने रहेछन्,’ उहाँले भन्नुभयो ।

टिप्पणीहरू