रामचन्द्रको घरमा विमलेन्द्र, प्रधानमन्त्री निवासमा रामचन्द्र

रामचन्द्रको घरमा विमलेन्द्र, प्रधानमन्त्री निवासमा रामचन्द्र

नेपाली काँग्रेसका वरिष्ठ नेता तथा तनहुँ– १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रामचन्द्र पौडेल र काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ । उहाँहरुबीच बालाजू बोहोराटारस्थित पौडेल निवासमा हिजो बिहान कुराकानी भएको हो । 

बिहान ८ बजेदेखि पौने १० बजेसम्म लामो छलफल गरेपछि पौडेल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूलाई प्रधानमन्त्रीमा सघाउने आग्रहसहित बालुवाटार पुग्नुभएको थियो । बालुवाटारमा उहाँहरुबीच आधा घण्टा छलफल भयो । 

पौडेल पौने ११ बजेको समयमा बालुवाटारबाट निराश भएर बाहिरिनुभएको बताइन्छ ।

टिप्पणीहरू