चीनमा एकै दिन ४० हजार बढी कोभिड संक्रमित

चीनमा एकै दिन ४० हजार बढी कोभिड संक्रमित

चीनमा पछिल्लो २४ घण्टामा ४० हजार ३३४ जना कोभिडका नयाँ संक्रमित भेटिएका छन् । उनीहरुमध्ये तीन हजार ८२२ जनामा लक्षण देखिएको र बाँकी लक्षणविहीन छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले मुलुकमा पछिल्लो समय कोभिड संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको जनाएको छ । सरकारको कोभिडसम्बन्धी कडा नीतिका बाबजुद पनि संक्रमितको संख्या ह्वात्तै बढेको हो । 

अर्कोतर्फ सरकारको कोभिडसम्बन्धी शून्य नीतिलाई लिएर चीनका मुख्य शहरमा प्रदर्शनहरु भएका छन् । उनीहरुले लकडाउन हटाउन, क्वारिन्टिन अनिवार्य नगर्न माग राखेको बताइन्छ ।

टिप्पणीहरू