परराष्ट्र र सञ्चार मन्त्रीको निर्वाचन क्षेत्रमा मतगणना होल्ड

परराष्ट्र र सञ्चार मन्त्रीको निर्वाचन क्षेत्रमा  मतगणना होल्ड

उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा हालसम्म पनि मतगणना शुरु हुन सकेको छैन । हिजो बिहानदेखि यहाँको मतगणना रोकिएको छ । 

प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाका एक सयभन्दा बढी मतपत्र भेटिएपछि विवाद उत्पन्न हुँदा मतगणना रोक्नुपरेको थियो । 

यता, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), राप्रपा (नेपाल), जनता प्रगतिशील पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतले पुनः मतदानको माग गरेका छन् । 

निर्वाचनको क्रममा धाँधली भएको बताउँदै उनीहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् । 

कार्यालयका सूचना अधिकारी धनबहादुर कार्कीले आज १ बजेपछि मतगणना कार्य सुचारु हुन सक्ने जानकारी दिए । 

निर्वाचन आयोगमा निवेदन पठाएको र त्यसको जवाफ कुरिरहेको उनको भनाइ छ । 

क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट परराष्ट्रमन्त्री नारायण खड्का र नेकपा एमालेबाट मञ्जुकुमारी चौधरीबीच मुख्य प्रतिस्पर्धा छ । उता सन्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको क्षेत्र सुनसरीमा पनि अवस्था उस्तै छ ।  

टिप्पणीहरू