जितेका र हारेका सबै उम्मेदवारलाई निर्वाचन आयोगको निर्देशन

जितेका र हारेका सबै उम्मेदवारलाई निर्वाचन आयोगको निर्देशन

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन खर्चको विवरण पेश गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । 

निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारहरुलाई परिणाम घोषणा भएको ३५ दिनभित्र विवरण पेश गर्न आयोगले कानुनी व्यवस्थाबारे स्मरण गराएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को अनुसूची–४० बमोजिमको ढाँचामा खर्चको विवरण प्रदेश–जिल्ला निर्वाचन कार्यालयमा बुझाउन भनिएको छ । 

चुनावको क्रममा भएका सबै खर्च विवरणमा उल्लेख हुनुपर्नेछ । उम्मेदवारले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नाम पनि खुलाउनुपर्ने छ । 

निर्वाचन प्रचारप्रसारका लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीमा लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवार आफैंले वा आफ्नो प्रतिनिधिमार्फत् मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्न भनिएको हो ।

टिप्पणीहरू