निर्वाचन हार्नासाथ एमाले महासचिवको ज्ञापनपत्र

निर्वाचन हार्नासाथ एमाले महासचिवको ज्ञापनपत्र

नेकपा एमालेले दोलखा,स्याङ्जा, बाजुरा र उदयपुरमा पुनः मतदानको माग गरेको छ । महासचिव शंकर पोखरेलले आज प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर उक्त माग गर्नुभएको बताइएको छ । 

आयोगले हिजो दिउँसो दोलखाका १० वटा मतदान केन्द्रमा पुनः निर्वाचनको आदेश दिएपछि एमालेले थप जिल्लाका केही केन्द्रमा समेत पुनः मतदानको माग गर्दै आज ज्ञापनपत्र बुझाएको हो ।

एमाले महासचिव पोखरेलसँगै उपमहासचिव विष्णु रिमाल, निर्वाचन विभागका उपप्रमुख नीरज आचार्यसहितको टोलीले आज ज्ञापनपत्र बुझाएको थियो । स्याङ्जा २ र बाजुरामा पुनः मतदानको माग गरेको एमालेले उदयपुर १ मा पनि पुनः मतदान हुनुपर्यो भनेको छ ।

धनुषाको क्षेत्र नम्बर २ र बाग्मती प्रदेशसभाको काभ्रे १ (२) मा एमालेले पुनः मतगणनाको माग गरेको छ । पाँचथरमा वसन्त नेम्वाङ विजयी भएकाले उनलाई तत्काल प्रमाणपत्र दिनुपर्ने उसको माग छ ।

टिप्पणीहरू