माओवादी माननीयलाई आफ्नै वडामा जम्मा ११ भोट

माओवादी माननीयलाई आफ्नै वडामा जम्मा ११ भोट

नेकपा माओवादी केन्द्रका एक जना उम्मेदवारलाई आफ्नै घर भएको वडाको मतदान केन्द्रबाट जम्मा ११ भोट आएको छ । प्रतिनिधि सभाको समानुपातिक सूचीमा उम्मेदवार रहेकी ती उम्मेदवारले आफ्नै वडाबाट लोकप्रिय भोट ल्याउन नसकेको देखिएको छ ।

प्रतिनिधि सभाको समानुपातिक सभासद्को निम्ति बन्दसूचीमा नाम रहेकी उम्मेदवार रेणु चन्दले आफ्नो वडाबाट जम्मा ११ मत प्राप्त गरेकी हुन् । बैतडीको दशरथचन्द नगरपालिका ९ बाट माओवादी केन्द्रलाई ११ भोट आएको छ । रेणु यसअघि सम्बिधान सभामा पनि माननीय थिइन् ।

टिप्पणीहरू