अष्ट्रेलियन राजदूत विराटनगरमा, नर्वेजियन राजदूत धुन्चेमा

अष्ट्रेलियन राजदूत विराटनगरमा, नर्वेजियन राजदूत धुन्चेमा

नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क विराटनगर पुग्नुभएको छ । उहाँ त्यहाँस्थित मदरसा शहबाजिया माविमा अष्ट्रेलिया अवार्डस् अल्मुना शेहनाज अन्सारीको अगुवाइमा स्थापित स्रोत केन्द्रको उद्घाटन गर्न जानुभएको हो । हिजो उद्घाटित उक्त केन्द्र दूतावासको अष्ट्रेलियाली अल्मुनाई पब्लिक डिप्लोमेसी फण्डको आर्थिक सहयोगमा स्थापना गरिएको बताइन्छ । 

त्यसैगरी नेपालका लागि नर्वेका राजदूत टोरन ड्याम्ड्रल रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित धुञ्चे पुगी डालेचुक नामक सिबक थ्रनको विरुवा रोप्नुभएको  । 

लाङ्टाङ राष्ट्रिय निकुञ्जको सहयोग एवम् इसिमोड तथा युनेस्कोद्वारा आयोजित जलवायु प्रतिकूल र त्यसको असरसम्बन्धी छलफलपछि धुन्चेबाट पूर्वतर्फको तिवारी बगर नजिकै खाली चौरमा उक्त विरुवा रोपिएको हो ।

टिप्पणीहरू