भाइ,बहिनी र ज्वाईंले चुनाव जित्नासाथ दाइ अध्यक्ष

भाइ,बहिनी र ज्वाईंले चुनाव जित्नासाथ दाइ अध्यक्ष

माछापुच्छे बैंकको सञ्चालक समिति अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् । हिजो बसेको बैंक सञ्चालक समितिको ४७२औं बैठकले डा. महतोलाई अध्यक्षमा नियुक्त गरेको हो ।

यसअघिका अध्यक्ष डा. वीरेन्द्र महतोले राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत गर्दै डा. महतोलाई नयाँ अध्यक्षमा चयन गरिएको हो । दाइ महतो गैरआवासीय नेपालीहरुको संस्था एनआरएनएका संस्थापक अध्यक्ष हुन् ।

भाइले सिरहा ४ बाट जसपा उम्मेदवारको रुपमा प्रतिनिधि सभा सदस्य जितेका छन् । धनुषा ३ बाट बहिनी जुलो महतो एमाले उम्मेदवारको रुपमा विजयी भइन् । एमाले उम्मेदवार रहेका ज्वाईं रघुवीर महासेठले भने आजै बिहान धनुषा ४ बाट जितेका छन् ।

टिप्पणीहरू