कुकरले बन्दुकमा टेकेपछि मालिकको मृत्यु

कुकरले बन्दुकमा टेकेपछि मालिकको मृत्यु

टर्कीमा आफ्नै कुकुरले कुल्चेको बन्दुकबाट गोली चल्दा ३२ वर्षीय मालिकको  मृत्यु भएको छ । कुकुरले कुल्चिँदा पड्केको बन्दुकबाट छुटेको गोली ती व्यक्तिलाई लागेको थियो । 

साम्सुन प्रान्तमा साथीसँग शिकार गर्न गएको समयमा किजलान पठारमा ओज्गुर गेभ्रेकोग्लु मारिएका हुन् । कुकुरलाई कारमा हाल्ने क्रममा कुकुरको पन्जाले गोली लोड गरिएको हतियारलाई छोएको बताइन्छ । 

गेभ्रेकोग्लुलाई नजिकैबाट गोली लागेको होे । घटनालगत्तै उनलाई अस्पताल लगिए पनि चिकित्कहरुले मृत घोषित गरिदिएका थिए । उनको मृत्युबारे थप अनुसन्धान भइरहेको छ ।

उक्त घटनाको १० दिनअघि मात्रै उनी बुबा बनेको प्राप्त समाचारमा जनाइएको छ ।

टिप्पणीहरू