माधव नेपालको पार्टी निर्वाचन समीक्षामा व्यस्त

माधव नेपालको पार्टी निर्वाचन समीक्षामा व्यस्त

नेकपा एकीकृत समाजवादीका नेताहरु बैठकमा व्यस्त भएका छन् । आमनिर्वाचनपछि राष्ट्रिय दल बन्न संघर्षरत उक्त पार्टीको बैठक अहिले दलको मुख्यालयमा बसिरहेको छ । 

मीनभवनस्थित आलोकनगरमा रहेको पार्टी मुख्यालयमा जारी केन्द्रीय सचिवालय बैठकमा हालै सम्पन्न आमनिर्वाचनको परिणामसहितका विषयमा समीक्षा भइरहेको बताइएको छ ।

एकीकृत समाजवादी राष्ट्रिय दलको मान्यता पाउन कटाउनुपर्ने ३ प्रतिशतको थ्रेस होल्ड पारको निकट पुगेको छ । आजको सचिवालय बैठकमा चुनावी नतिजा, गठबन्धनको आवश्यकता, नयाँ सरकार गठनसहित शक्ति बाँडफाँडका विषयमा छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । 

एकीकृत समाजवादीले प्रतिनिधि सभाको निर्वाचनतर्फ हालसम्म प्रत्यक्षमा १० सीट जितेको छ ।

टिप्पणीहरू