सुकुम्बासीलाई अप्ठयारोमा नपारियोस् : भूमि आयोग

सुकुम्बासीलाई अप्ठयारोमा नपारियोस् : भूमि आयोग

राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका बासस्थान नचलाउन निर्देशन दिएको छ । आयोगले सुकुम्बासी बस्ती हटाउने र उनीहरुलाई असुरक्षित हुने कुनै पनि कार्य नगर्न–नगराउन भनेको छ ।

आयोगले काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तह र सबै सरकारी तथा गैरसरकारी निकायहरुलाई कुनै पनि स्थानमा रहेका भूमिहीन सुकुम्बासीलाई अप्ठयारो पार्ने कार्य नगर्न भनेको छ, ‘लगत संकलन र प्रमामीकरणको कार्य सम्पन्न नभएसम्मका लागि काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तह र सबै सरकारी तथा गैरसरकारी निकायहरुलाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका बस्ती हटाउने र उनीहरु असुरक्षित हुनेगरी कुनै पनि कार्य नगर्न–नगराउन यो सूचना प्रकाशित गरिएको छ ।’

त्यस्तै, आयोग र स्थानीय तहबीच यसअघि भएको सहमतिबमोजिम लगत संकलन र प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपूर्जा वितरणसम्बन्धी सम्पूर्ण कार्य तत्काल सञ्चालन गर्ने गरी आवश्यक तयारी गर्न पनि आग्रह गरिएको छ ।

टिप्पणीहरू