सरकार गठनका कुरा !

सरकार गठनका कुरा !

केन्द्रिय सरकार बनाउनको लागि जम्मा २७५ संख्याको संघिय सरकार भएको हुनाले कम्तिमा १३८ जना सांसद हुन् आबश्यक छ। अहिले गठबन्धनको सबै पार्टीको सांसद जोड्दा जम्मा १३६ मात्रै पुग्छ। तर पांच मध्ये तीन स्वतन्त्र  सांसदहरु गठबन्धन पार्टीसंग नै नजिक भएको हुँदा यो संख्या पुर्याउन भने त्यति असहज हुदैन। सिके राउतको जनमत पार्टी सरकार गठनमा हालको गठबन्धनमा आउन तयार भैसकेको देखिन्छ। उक्त पार्टीको सदश्य संख्या पांच छ। त्यस्तै तीन सान्सद भएको नागरिक उन्मुक्ति पार्टी पनि सहकार्य गर्न इच्छुकनै देखिन्छन। रेशम चौधरीको बुबा लाल किशोर पनि स्वतन्त्र नै भएको हुदा थप एक सांसद हुने देखिन्छ। यसरि अहिलेको गठबन्धनमा १४८ पुग्ने देखिन्छ। एमाले संग सहकार्य गरेका जसपा अधक्ष्य उपेन्द्र यादबको पछिल्लो भनाइ अनुसार त्यस पार्टी भित्र खटपट नभए र पुरानो सहयात्री भएको कारण अर्को १२ सिट थपिएर यो संख्या १६० पुग्ने सम्भाबना पनि छ। 

सात मध्ये चारवटा प्रदेशमा गठबन्धनको सहज बहुमत पुग्छ। बागमती प्रदेशमा जम्मा  ११० सांसद रहेकोमा गठबन्धनको ६४, गण्डकीमा ६० मध्ये ३६ ,कर्णालीमा ४० मध्ये २७ र सुदुर पश्चिममा ५३ मध्ये ३२ सांसद भएको कारण त्यहा कुनै समस्या देखिदैन। मदेश प्रदेशमा सरकार बनाउन ५४ जना सांसद चाहिनेमा गठबन्धनको जम्मा ४६ मात्रै भएको हुदा ८ जना खोज्न पर्ने हुन्छ। त्यहा जनमत पार्टीको १३ सांसद भएको कारण सरकार बन्न गारो भने हुदैन  तर मुख्य मन्त्रीको दाबि भएको कारण केहि लेना देना होला।शायद  जनमत पार्टी गठबन्धनमा जोडिएला भनेर जसपाका अध्यक्षले एमाले संगको सहकार्य टुटेको भनि रहेका छन् भने  हुनेवाला संसदीय दलका नेता अशोक राइ चाँही यो पार्टीको आधिकारिक  निर्णय होइन भनि रहेका छन्। उता लुम्बिनीमा पनि गठबन्धन लाइ मात्र सरकार बनाउन सहज छैन। जम्मा ८७ जनाको सदनमा ३९ जना हात पारेको गठबन्धनलाइ सरकार बनाउन थप पांच जना आबश्यक हुन्छ जुन संख्या रेशम चौधरीको भनेर चिनिने नागरिक उन्मुक्ति पार्टी संग छ। त्यहा जसपा,लोसपा र जनमत पार्टी सबैको तीन तीन जना सांसद छन्। सबै भन्दा अप्ठ्यारो अबस्था भने प्रदेश नम्बर १ मा देखिएको छ। त्यहा जम्मा ९३ सांसद भएकोले सरकार बनाउन ४७ सांसद चाहिने हुन्छ। तर गठबन्धन र एमाले अनि राप्रपा दुबैको ४६ जना पुग्ने देखिन्छ। त्यहा समानुपातिकमा जसपालाइ  एक जना सांसद प्राप्त हुने हुँदा त्यो नै निर्णायक हुने देखिन्छ। 

निर्बाचन अगाडी सबैले  जितिन्छ भन्नु स्वाभाविक नै हो। जमानत जफत हुनेहरुले पनि मलाइ पार्टीले न्याय गरेन अब जनताले मत दिएर जिताउछन भन्नु पनि अनुचित हैन। यस पटक तीन ठुला पार्टीका अध्यक्ष्यहरुले निर्बाचनको ठिक अगाडी ठुला मिडियामा आफ्नो अन्तर्वार्ता दिएका थिए। गठबन्धनमा रहेका देउवा र प्रचण्डको एकै खाले भाषा थियो। हामीले सजिलो बहुमत पाउछौ। पत्रकारले उस्काउदै दुइ तिहाइ आउला रु भनेर प्रश्न गर्दा देउबाले गलत बोल्ने कुरा भएन त्यति त हुदैन भनेका थिए। प्रचण्डलाई पनि त्यस्तै प्रश्न गर्दा मलाइ गल्ति बोल्न डर लाग्छ सजिलो बहुमत हुन्छ भन्दै गर्दा जनताले मत दिएन भने के गर्नु हुन्छ रु भन्दा दिएन भने दिएन जनताले भोट नदिए के गर्न सकिन्छ र रुभनेको भिडियो शुरक्षित नै होला। त्यहिताका एमाले अधक्ष्य  ओलीको भबिष्य बाणी सबैले सुनेकै हुनु पर्छ। आफुले १५० सांसद जित्ने माओबादीले सात पुर्याउने भनेर औला भाचेको दृश्य सम्झिन लायक छ। उनले भनेका लोसपा र समाजबादी पार्टी रास्ट्रीय पार्टी नबन्ने भन्ने अनुमान चाही ठिक देखियो तर मत गणना हुँदा अलि बढी आउन थाले पछि गम्भीर षडयन्त्र भएको बिज्ञप्ति समेत आउनुमा उनको बास्तबिक मनस्थिति बुझ्न सजिलो भएको थियो। समानुपातिक निर्बाचनमा एमाले पहिलो पार्टी बन्न पुगेको छ। नेपाली कांग्रेस दोश्रो र माओबादी केन्द्र तेश्रो नै भएकाछन।  गत बर्षको तुलनामा यस पटक ठुला दुइ पार्टीले नै करिब छ प्रतिशत मत गुमाउन पुगेका छन् भने माकेले दुइ प्रतिशत कम मत पाएको छ। अहिले यति ठुलो चौतर्फी घेराका बाबजुद यति धेरै सांसद जितेर केन्द्रमा दोश्रो हुनु ,तीन प्रदेशमा पहिलो बन्नु र समग्र समानुपातिकमा पहिलो हुनु नै ठुलो कुरा हो भनेर फेरि एक्ला एक्लैको राग अलाप्न थालेको देखिन्छ। राजनीति त्यसमा पनि संसदीय ब्यबस्था भनेको नम्बरको खेल हो यसलाई स्वीकार गर्नु बाहेक अरु उपाए हुदैन। 

देश भरिको निर्बाचन हेर्दा यस पटक पहिले पहिले भन्दा निकै फरक परिणामहरु आएको देखिन्छ। सामान्यत निर्बाचनको ट्रेन देश भरि नै समान किसिमको देखिनु पर्ने हो। तर यो निर्बाचनमा कुनै एउटा प्रमुख बिषय भने देखिएन। पार्टीले टिकट नदिएर स्वतन्त्र भएर उठेका केहि सांसदहरुले दुवै सदनमा जितेका पनि छन। यसपाली नो नट अगेन भन्ने नारा निकै लाग्यो तर केहि अपबाद बाहेक सबै पुराना नेताहरु यस पटक पनि छानिए। गणेशमानको हवाला दिदै अहिले पनि जनतालाई भेंडा भन्न छाडिएको छैन। सबै  भन्दा बढी डडेल्धुराका जनता भेंडा बनेको घोषणा भयो यो पटक। जबकि केहि  महिना देखि मात्र त्यति टाढा सम्म गएका एक युवकले बर्तमान प्रधान मन्त्रि संग चुनाब लड्दा त्यति धेरै मत प्राप्त गरेका छन्। सबै हिसाबले पछाडी परेको जनताहरुले त्यति मत दिनु भनेको मेरो बिश्लेशनमा देशै भरि मध्ये जागरुक जनता बसोबास गर्ने ठाउ हो भन्ने लागेको छ। राम्रो  काम गर्ने व्यक्ति जुन सुकै पार्टीको भए पनि जिताउछन भन्ने भनाइ चितवन तीनमा डाक्टर भोज राज अधिकारीलाई  हराएर गलत साबित गराई दिए। भिजन भएको पढे लेखेको व्यक्ति राजनीतिमा सहभागी हुन् पर्छ भन्ने आवाज पनि चितवन १ का जनताले नै पूर्व योजना आयोगका उपाध्यक्ष डा। विश्वनाथ पौडेललाइ तेश्रो स्थानमा बस्न बाध्य बनाएर बाटो बन्द गरि दिए। त्यति मात्र हैन चितवनका जनता अतिनै सचेत र राजनीतिक पार्टीका झोले मात्रै हुदैनन भनि चितवन २ मा रबी लामिछानेलाई अत्यधिक मतले जिताएको  जिकिर गरेको तथ्य चितवनकै ३ नम्बरमा हलोका बिक्रम पाण्डे लाइ जिताएबाट कसरि सहि पुष्टि हुन्छ र रु लामो समय देखि ३ बाटै निर्बाचन लड्ने भनेका रबीले ससुराको साथी बिरुद्ध उमेद्वारी समेत नदिनु घण्टीले १४ हजार मात्रै मत पाउनु केवल निर्बाचनको सोझो खेल मात्रै थियो भनेर पत्याउन सकिएला र रु युबा महिला र  शिक्ष्याको त्रिगुणमा अब्बल रहेका मानुषी यमी भट्टाराईलाइ हार खुवाउन पर्ने कुन रिस थियो र रु काठमाण्डौको बाटो चौडा पारेको र १८ घण्टा लोड्सेडिङ्गबाट मुक्त पारेको माओबादीको तीन नम्बर क्षेत्रको उमेदवारले पाएको मत संख्या जम्मा ४६९ न्यायोचित नै भयो त रुविडम्बनाको बिषय अहिले नेपाल र बिशेषतस् तराइमा निकै नै चर्को बिरोध भएको नागरिकता बिधयकलाइ एमालेको कारण रास्ट्रपतिले रोकेको भनिएको छ तर त्यहि मदेश प्रदेशमा एमाले पहिलो पार्टी बन्न पुग्यो।  

निर्बाचनको मिति तोकिए संगै नेपाली  राजनीतिमा सबै भन्दा बढी सुनिएको एउटा बाक्य भनेको एक्ला एक्लै चुनाब लडौ भन्ने थियो । गठबन्धनको बिरुद्ध एमालेले उठाएको प्रश्न आखिर निर्बाचन अगाडी आएर यसमा टिकी रहन सकेन। देश भरिमा २५ क्षेत्रमा आफ्नो उमेद्वारी नउठाई बिभिन्न पार्टीहरु संग सहकार्य गर्न एमाले बाध्य भयो। मेरो बिचारमा यो एमालेको सबै भन्दा गलत निर्णय थियो। बिना तालमेल सबै ठाउमा आफ्नो उमेद्वार उठाएको भए माहोल नै अर्को हुने थियो। समानुपातिकमा स्वभावत बढी मत आउथ्यो। प्रत्यक्षमा पनि यो भन्दा कम हुने सम्भाबना थिएन । सबै भन्दा मुख्य कुरा  चुनाब अगाडी गठबन्धन गर्नु भनेको संसदीय मूल्य मान्यता बिपरित हो भन्ने आफ्नो जिकिर सहि साबित हुन् बल मिल्ने र नैतिक रुपमा सबैको मुकाबिला गर्न सक्ने अबस्था हुने थियो। कार्यकर्ताहरुमा नंया जोश र उमङ्ग भरिने थियो।चुनाब अगाडी जसरि भए पनि गठबन्धन फुटाउने प्रयासका बाबजुद अन्तिम अबस्थामा जसपालाई च्याप्दा  प्रभु शाह गुमाउन पर्दा अझ तराइमा ठुलो नोक्सानी ब्यहोर्न पर्यो।  राप्रपा संग तालमेल नगरे आफै हार्न सक्ने डरको कारण त्यस्तो निर्णय हुन् पुग्यो।अरुको सहयोगमा एमालेले भन्दा पनि एमालेको सहयोगमा अरुले बढी फाइदा उठाएको देखिन्छ। 

अन्य सबै दललाइ पद लोलुप मात्रै देख्ने ओलीको मुख्य गल्ति हो। सबैलाई मिलाएर लान नसक्नु पनि यसकै परिणाम हो। दिएर मिल्ने हो मैले यसो चारो छरे भने आइ हाल्छ भन्ने हलुको टिप्पणी धेरै गर्दै आयो। अहिले पनि सके सम्म यो गठबन्धन तोड्नको लागि बिभिन्न प्रयासहरु भै रहेकाछन।त्यसैले होला जसपा र राप्रपालाई साथमै राखी छाड्न पाए माओबादि र समाजबादी थपिदा १४५ को सहज बहुमत पुग्ने हिसाब गरि बसेका छन्। त्यस्तै सुदुर पश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई साथ लियो भने  सात वटै प्रदेशमा सहज रुपमा सरकार बनाउन सकिने बताई रहेकाछन। जुन हिसाब किताब सहि नै हो।यसो गर्दा प्रदेश १ मा ५७,मदेशमा ५४,बागमतिमा ६९,गण्डकी ३१,लुम्बिनी ५४ ,कर्णाली २३ र सुदुर पश्चिम ३३ हुन्छ।  तर चुनाब अगाडी नै गठबन्धन गरेको हुँदा अर्को विकल्प सोच्न हुदैन भन्ने अहिलेको निर्णय सहि छ। अबको पांच बर्ष एमाले प्रतिपक्ष्य बन्न तयार हुन पर्छ। हैन सरकारमा नबसी नहुने हो भने पहिलो र दोश्रो पार्टी मिलेर बाँकी सबै साना पार्टीहरुलाई प्रतिपक्ष्यमा राख्दा राम्रो होला। 

टिप्पणीहरू