भन्सार छलेको औषधी जफत

भन्सार छलेको औषधी जफत

तस्करीको माध्यमबाट नेपालतर्फ भित्र्याइएको प्रतिबन्धित भारतीय औषधी प्रहरीले झापा गाउँपालिका ५ स्थित सिमलडाँगीबाट बरामद गरेको छ ।

बिहीबार साँझ ५:४० बजेको समयमा नाम,थर,ठेगानासमेत थाहा नभएका अपरिचित व्यक्तिले बोरामा हालेर ल्याउँदै गरेको ८८ हजार ७ सय ४५ रुपैयाँ मूल्य बराबरको औषधी बरामद भएको बताइन्छ । 


प्रहरीलाई देख्नेबित्तिकै बोरा छोडेर उनीहरू फरार भएका थिए ।

यसक्रममा प्रहरीले घटनास्थलबाट भारतीय ब्रान्डका केल्सिएम प्लस,केलसिप्रो, एभल हेल्थजस्ता विभिन्न नामका औषधी फेला पारेको छ ।

टिप्पणीहरू